काठमाडौँमा जुवातास खेलिरहेका ६ जना पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काठमाडौँमा जुवातास खेलिरहेका ६ जना पक्राउ


३१ बैशाख २०८०, आइतबार


पक्राउ

काठमाडौँ । काठमाडौँमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

गोकर्णेश्वर नगरपालिका-८, अत्तर खेल बस्ने ज्ञान हरी लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने दोलखा बिगु गाउँपालिका-३ घर भएका ५० वर्षीय निमा शेर्पासहित ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई जुवा खेल्न प्रयोग भएको नगद ८६ हजार ३५० रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस