ए डिभिजन लिग : आज तीन खेल हुँदै « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

ए डिभिजन लिग : आज तीन खेल हुँदै


३० बैशाख २०८०, शनिबार


काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज (शनिबार) तीन खेल हुँदैछ। च्यासल मैदानमा दिउँसो ३ बजे मछिन्द्र फुटबल क्लब र थ्रीस्टार क्लब भिड्नेछन्।

​मच्छिन्द्र २४ अङ्कसहित तालिकाको चौथो स्थानमा रहेको छ । थ्रीस्टार भने अङ्क तालिकामा सुधार गर्ने प्रयासमा रहनेछ।

३ बजे दशरथ रङ्गशालामा चर्च ब्वाइज र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। चर्च ३० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ।

त्यस्तै, दोस्रो लेगको चौथो चरणको अन्तिम खेलमा दशरथ रङ्गशालामा साँझ ६ बजे रोयल ब्लु सातदोबाटो र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

सातदोबाटो २३ अङ्कसहित पाँचौँ र एपीएफ २२ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छन्।

Tags :
प्रतिक्रिया दिनुहोस