नेपाल प्रहरीका २२ डिएसपी एसपीका लागि बढुवा सिफारिस (सूचीसहित) « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नेपाल प्रहरीका २२ डिएसपी एसपीका लागि बढुवा सिफारिस (सूचीसहित)


३० बैशाख २०८०, शनिबार


काठमाडौँ । नेपाल प्रहरीका २२ डिएसपी एसपीमा बढुवाका लागि सिफारिस भएका छन् । 

प्रहरी प्रधान कार्यालयमा शुक्रबार बसेको बढुवा समितिको बैठकले २२ डीएसपीहरूको बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा गौतम कुमार केसी सिफारिस भएका छन् । यस्तै, बसुन्धरा खड्का, अपिलराज बोहरा, नवराज कार्की, गोविन्द पुरी, रविन्द्रबहादुर सिंह, चित्रबहादुर गुरुङ, रामप्रसाद घर्तिमगर, वासुदेव पाठक र रुपेश खड्का पनि एसपी बढुवामा सिफारिस भएका छन् । 

यसैगरी, मिलन केसी, भावेष रिमाल, सन्तोष आचार्य, नारायणप्रसाद चिमरिया, कुमोध ढुङ्गेल, श्यामबहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्यामकुमार राई, गोविन्दराज काफ्ले, नरेन्द्र चन्द र राजन भुजेललाई बढुवा समितिले प्रहरी उपरीक्षकमा बढुवाको सिफारिस गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस