उच्च शिक्षा पूर्णरूपमा निःशुल्क गराउन सरकारसँग माग  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उच्च शिक्षा पूर्णरूपमा निःशुल्क गराउन सरकारसँग माग 


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकारले उच्च शिक्षा पूर्णरूपमा निःशुल्क गराउनुपर्ने बताएका छन्।

दिगो विकास तथा सुशासन समितिको बैठकमा शुक्रवार उनले यस्तो बताएका हुन् । आफ्नो आवश्यकता बमोजिम सरकारले प्राविधिक र गैर प्राविधिक क्षेत्रमा लगानी बिस्तार गरी काम अघि बढाउनुपर्नेमा उनको जोड छ । 

देशका लागि आवश्यक जनशक्ति यहीँ उत्पादन गर्न सके मात्रै शिक्षा क्षेत्रको विकास हुने भन्दै उनले सरकारले स्वदेशमै उच्च गुणस्तरीय शिक्षा दिने ग्यारेन्टी गरेर विद्यार्थीलाई विदेश अध्ययनका लागि जान रोक लगाउनुपर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस