संघीय शिक्षा ऐन संसद्‌मा प्रस्तुत गर्ने तयारी  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संघीय शिक्षा ऐन संसद्‌मा प्रस्तुत गर्ने तयारी 


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसद्‌मा प्रस्तुत गर्ने बताएका छन् । 

शुक्रबार सिंहदरवारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् । शिक्षा ऐन सबैको चासोको विषय भएकाले सरकारले दृढताकासाथ काम अघि बढाइरहेको उनले बताए । 

उनले पहिला पनि मस्यौदा तयार भई मन्त्रिपरिषद्‌मा पुग्ने तर सरकार परिवर्तनका कारण फर्किने गरेको उल्लेख गर्दै अहिले मन्त्रालयले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुनः पठाएको बताए । 

“शिक्षा ऐन अहिलेको धेरैको चासोको विषय रहेको छ र यो धेरै पहिला नै मस्यौदा भइकन प्रक्रियामा अघि बढेको हो तर सरकार परिवर्तन हुने अवस्थाले मन्त्रिपरिषसद्‌मा पुग्दै फिर्ता आउने गरेको रहेछ,” उनले भने, “अब त्यसलाई संसद्‌मा प्रस्तुत गर्नेछौँ ।” 

उनले कानुन मन्त्रालयमा धेरै कानुन निर्माण गर्नुपर्ने भएकाले केही समय रोकिएको बताए । विद्यालयको पाठ्यक्रममा मनोपरामर्शसम्बन्धी व्यवस्था पाठ्यक्रम पुनः मूल्याङ्कन गरेर अघि बढ्ने उनको भनाइ छ । 

Tags :
प्रतिक्रिया दिनुहोस