पेसागत सुरक्षाको माग राख्दै विद्यालय कर्मचारीको विरोध प्रदर्शन « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

पेसागत सुरक्षाको माग राख्दै विद्यालय कर्मचारीको विरोध प्रदर्शन


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । नेपाल शिक्षक महासङ्घले बृहत् विरोध सभा आयोजना गरेको छ।

पेसागत सुरक्षा र वृत्ति विकासको माग राख्दै उनीहरूले विरोध सभा गरेका हुन् । पेसागत सुरक्षा र वृत्ति विकासलगायतका विभिन्न माग राख्दै महासङ्घले माइतीघर मण्डलामा विरोध प्रदर्शनसमेत गरेको छ।

६० वर्ष पुगेका विद्यालय कर्मचारीलाई सम्मानजनक बिदाइ गर्नुपर्ने, बालकक्षा शिक्षकलाई प्राथमिक तृतीयसरह तलबभत्ता दिनुपर्ने, ग्रेड र तलबमा भएको विभेद अन्त्य गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग उनीहरूले राखेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस