जजिराले रोक्यो कुवेत-भैरहवा-कुवेत उडान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जजिराले रोक्यो कुवेत-भैरहवा-कुवेत उडान


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । जजिरा एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको उडान रोकेको छ ।

कुवेत–भैरहवा–कुवेत साताको तीन दिन उडान गर्दै आएको जजिरा एयरवेजले गत अप्रिल १९ बाट उडान बन्द गरेको विमानस्थलले जनाएको छ ।

कम्पनीले मे ८ देखि नियमित उडान गर्ने भन्दै उडान बन्द गरेको थियो । तर, अहिलेसम्म उडान सुरु गरेको छैन । उडान के कारण बन्द भएको हो जानकारी दिइएको छैन ।

तर, यसअघि व्यापारिक कारण उडान बन्द गरेको जजिराले उल्लेख गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस