संघीय गठबन्धनकै आधारमा मधेस सरकार पुनर्गठन गर्ने तयारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संघीय गठबन्धनकै आधारमा मधेस सरकार पुनर्गठन गर्ने तयारी


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घ सरकारमा भएको गठबन्धनकै आधारमा मधेस प्रदेश सरकार पुनर्गठन हुने बताएका छन् । शुक्रबार जनकपुरमा पत्रकार सम्मेलनमा अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

केही दिनभित्रै मधेस सरकार पुनः गठन हुने दाबीसहित उनले संघीय सरकारमा भएको गठबन्धन अनुरूप नै मधेस सरकारमा पनि गठबन्धनको सरकार कायम रहने बताए । मुख्यमन्त्रीमा आलोपालो हुने भएपनि अहिले भने सरकारको नेतृत्व जसपाले नै गर्ने उनको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस