प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

लामिछानेले शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटमा सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेको विषयमा प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिएका छन् ।

 नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गरेको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायत १२ जना पक्राउ परेका छन् ।

एमाले सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस