इमरान खानलाई रिहा गर्न सर्वोच्चको आदेश « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

इमरान खानलाई रिहा गर्न सर्वोच्चको आदेश


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । पाकिस्तानको सर्वोच्च अदालतले निवर्तमान प्रधानमन्त्री इमरान खानको पक्राउलाई गैरकानुनी भन्दै रिहाइ गर्न आदेश दिएको छ ।

पाकिस्तानी संचारमाध्यमहरूले जनाएअनुसार पाकिस्तानका प्रधानन्यायाधीश उमर अता बान्डिअलसहित तीन न्यायाधीशको इजलासले आज साँझ खानलाई पक्रिनु गैरकानुनी भएको भन्दै रिहाइ गर्न आदेश दिएको हो । 

यसअघि आजै दिउँसो उक्त इजलासले एक घण्टाभित्र खानलाई अदालतमा उपस्थित गराउन नेशनल एकाउन्टबिलिटी ब्युरोलाई आदेश दिएको थियो । 

खानलाई गैरकानुनी तरिकाले पक्राउ गरिएको भन्दै उनका वकिलले सर्वोच्चमा रिट दिएका थिए । पूर्वप्रधानमन्त्री खानलाई गत मङ्गलवार इस्लामावादस्थित उच्च अदालत बाहिरबाट प्रहरीले पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस