बालकृष्ण खाँणलाई तत्काल कारबाही नगर्ने काँग्रेसको निर्णय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बालकृष्ण खाँणलाई तत्काल कारबाही नगर्ने काँग्रेसको निर्णय


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसले शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई तत्काल कारबाही नगर्ने भएको छ । आज बसेको पदाधिकारी बैठकमा उनको विषयमा सामान्य छलफल भए पनि तत्काल कारबाही आवश्यक नभएको ठहर भएको हो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सहमहामन्त्री जीवन परियारले खाँणले अनुसन्धानलाई सघाइरहेको बताए । पक्राउ पर्ने बित्तिकै दोषी भन्न नमिल्ने उनको भनाइ थियो ।

‘उहाँ बुटवल जानुभएको थियो । त्यतैबाट भाग्न पनि सक्नुहुन्थ्यो । तर निवासबाटै पक्राउ पर्नुभयो । उहाँले अनुसन्धानमा सघाइरहनुभएको छ । हामीले अदालतको निर्णय पर्खिनुपर्छ’, उनले भने ।

काँग्रेस दोषीलाई उम्काउने पक्षमा नभएको उनले बताए । अनुसन्धानलाई पार्टीले सघाउनुपर्नेमा सबै सहमत रहेको उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस