वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर 


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहायक जिल्ला वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

मिश्र पदमा बहाल रहँदा पदीय हैसियत नमिल्दो उच्च जीवनस्तर यापन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा बहत्तर लाख बाउन्न हजार चार सय असी रुपैयाँ र उनन्साठी पैसा बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत खुल्न नआएकोले सार्वजनिक गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएको अख्तियारको ठहर छ । 

Tags :
प्रतिक्रिया दिनुहोस