कृषिप्रधान देशमा कृषि ऐन छैन : मन्त्री भुसाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कृषिप्रधान देशमा कृषि ऐन छैन : मन्त्री भुसाल


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले नेपालमा हालसम्म कृषि ऐन नै नरहेको बताएका छन् ।

बिहीबार सिंहदरवारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । नेपाल कृषि प्रधान देश हो भन्ने गरे पनि हालसम्म कृषि ऐन नै नहुनु दुःखद भएको बताए ।

उनले अहिले मन्त्रालयले कृषि ऐन बनाउनका लागि मस्यौदा तयार पारिरहेको पनि जानकारी दिए । उनले कृषि ऐन बनाउन सकेमात्रै पनि कृषि उपज कतिपय समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

‘हाम्रो मूल कृषि ऐन नै रहेनछ, कृषि ऐन नै छैन । भन्न त हामीले कृषिप्रधान देश भन्छौँ तर कृषितन्त्र अर्थतन्त्रको मेरुदण्ड भन्छौँ तर कृषि ऐन नै छैन, त्यो बनाउनुपर्छ भनेर छिटो भन्दा छिटो बनाउँ भनेर मन्त्रालयबाट अघि बढाइरहेका छौँ । अघि बढ्दैछ, मस्यौदाको क्रममा छ, त्यसलाई ल्याउन सकेमात्रै पनि कतिपय कुराहरू स्पष्ट हुन्छन्,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस