सवारी लाइसेन्स १० वर्षमा नवीकरण गर्न ऐन संशोधन गर्ने तयारी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सवारी लाइसेन्स १० वर्षमा नवीकरण गर्न ऐन संशोधन गर्ने तयारी


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । सवारी चालक अनुमतिपत्र १० वर्षमा नवीकरण गर्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ । सरकारले तयार गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा थप ५ वर्ष लाइसेन्स नवीकरण गर्नु नपर्ने गरी प्रस्ताव गरेको हो ।

हाल ५-५ वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था झन्झटिलो भएको भन्दै १०-१० वर्षमा नवीकरण गर्ने व्यवस्थाका लागि प्रचलित कानुन नै संशोधन गर्न लागिएको हो ।

५ वर्षमा नवीकरण गर्नुपर्ने प्रावधानका कारण लाइसेन्स नवीकरण भइरहँदा १० वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था गर्न लागिएको हो ।

नयाँ स्मार्ट कार्ड छाप्नका लागि समेत लोड कम हुने भएकाले यसो गर्न लागिएको जानकारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले १२ वैशाखमा संसद बैठकमै गराएका थिए ।

नवीकरणका सन्दर्भमा पाँच वर्षमा छिटो हुने भएकोले र अलि झन्झटिलो पनि हुने भएकाले यसलाई १० वर्षमा नवीकरण गर्ने कुरा कानुनी रूपमै प्रक्रिया अगाडि बढाएको मङ्गलवार प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भनेका थिए ।

सरकारले विधेयकमा सवारी जाँचपास तथा प्रदूषण परीक्षणका केन्द्र सञ्चालनको अनुमति निजी क्षेत्रलाई नै नि सक्ने गरी विधेयकमा प्रस्ताव गरेको छ । यस्ता केन्द्रले सवारीहरूको मेकानिकल र इलेक्ट्रिकल अवस्था जाँच गरेर प्रदूषण अवस्था परीक्षण गरी प्रमाणपत्र दिन सक्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस