पाकिस्तानका पूर्वविदेशमन्त्री मोहमुद कुरैशी पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाकिस्तानका पूर्वविदेशमन्त्री मोहमुद कुरैशी पक्राउ


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । पाकिस्तानका पूर्व विदेशमन्त्री मोहमुद कुरैशी पक्राउ परेका छन्।

कुरैशीलाई प्रहरीले बुधबार पक्राउ गरेको बीबीसीले जनाएको छ। पूर्वप्रधानमन्त्री इमरान खानपछि पीटीआईका नेताहरूलाई गिरफ्तार गर्न थालिएको हो।

पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) नेता समेत रहेका कुरैशीले पक्राउ पर्नुअघि एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘मलाई पक्राउ गर्न प्रहरी आइसकेको छ । म यो सन्देश दिन चाहान्छु कि यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामीले यसमा भाग लिनुपर्छ ।’

पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) नेता एवम् पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचारमा संलग्न भएको मुद्दामा प्रहरीले अदालत परिसरबाट यही वैशाख २६ गते पक्राउ गरेको थियो ।

यसैबीच इमरान खान पछि सत्तामा आएका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले देशवासीको नाममा सम्बोधन गर्दै हिंसामा संलग्नलाई कडा भन्दा कडा कारबाही हुने चेतावनी दिएका छन् ।

पूर्वविदेशमन्त्री कुरेशीले भने आफू पक्राउ पर्नुअघि भिडियो सन्देश जारी गर्दै इमरान खानको रिहा नभएसम्म आन्दोलन नरोक्न समर्थकहरुलाई आह्वान गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस