२४.२ प्रतिशतले रेमिट्यान्स बढ्दा ९ खर्ब भित्रियो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

२४.२ प्रतिशतले रेमिट्यान्स बढ्दा ९ खर्ब भित्रियो


२७ बैशाख २०८०, बुधबार


काठमाडौँ । चालु आर्थिक वर्ष २०७९-८० को ९ महिनाको अवधिमा रेमिट्यान्स आउने क्रम २४.२ प्रतिशतले बढेको छ । चैत महिनामा मात्रै १ खर्ब ९ अर्ब रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले बुधबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क अनुसार चैतसम्म ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले बढेर ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले बढेको छ । यो अवधिमा ३ लाख ८७ हजार ८३९ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ५.५ प्रतिशतले बढेको छ । चैतसम्म २ लाख १७ हजार ९५९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस