काठमाडौँ महानगरले युवालाई मौलिक सीप सिकाउँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काठमाडौँ महानगरले युवालाई मौलिक सीप सिकाउँदै


२६ बैशाख २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले युवालाई मौलिक सीप सिकाउने भएको छ ।

महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका अनुसार ७५ जना युवालाई काष्ठकला, माटोको भाँडा र सुकुल बुनाई सम्बन्धी सीप तालिम दिन लागेको हो ।

नेपाल हस्तकला महासङ्घको सहकार्यमा महानगरपालिकाले २५ जनालाई काष्ठकला सम्बन्धी ४५ दिने उच्च सीप, २५ जनालाई माटोको भाँडाकुँडा बनाउने सम्बन्धी १५ दिने आधारभूत प्रशिक्षण र २५ जनालाई सुकुल बुनाइ सम्बन्धी १५ दिने आधारभूत प्रशिक्षण दिन लागेको हो ।

महानगरपालिकाले सीप सिकेकाहरूलाई स्वरोजगार तथा आय आर्जनको अवसर प्रदान गर्ने सम्पदा तथा पर्यटन विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस