जनताको आवाज उठाउन नदिएपछि मसँग अरू विकल्प थिएन : सांसद अमरेशकुमार « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

जनताको आवाज उठाउन नदिएपछि मसँग अरू विकल्प थिएन : सांसद अमरेशकुमार


२५ बैशाख २०८०, सोमबार


काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफूलाई सभामुखले बोल्न नदिएपछि बाध्य भएर अर्ध वस्त्र भएको बताएका छन्।

सांसद सिंहले आफूले पटक पटक सभामुखसँग समय माग्दा पनि समय नपाएको यस्तो गरेको उनले बताए ।

उनले भने, ‘मैले सभामुखलाई पहिला नै बोल्न दिनुस् भनेको थिएँ। तर मलाई बोल्न दिइएन। नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्षले दबाब दिएर बयान परिवर्तन गरेको विषयमा मैले बोल्न खोजेको थिएँ । मलाई जनताको आवाज उठाउन नदिएपछि मसँग अरू विकल्प थिएन। म अर्ध वस्त्र भएकै हो।’

अर्ध वस्त्र भएर विरोधको पराकाष्ठा देखाएकोमा आफूलाई पछुतो नरहेको उनले बताए।

उनले भने, ‘अर्ध वस्त्र भएको कारण जस्तोसुकै सजाय दिए भोग्न तयार छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस