२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक मानव मुक्त ‘तुलसीपुर’

अ+ अ-

तुलसीपुर । हाल तुलसीपुरमा सडक मानव छैनन् । यदि बाहिरबाट आए पनि तत्काल उद्धार गरेर आश्रममा पठाउने गरिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार हाल तुलसीपुरमा सडक मानव नरहेका जानकारी दिए ।

तुलसीपुरमा मानव सेवा आश्रममा सबै सडक मानवलाई उद्धार गरेर राख्न थालेपछि यसरी सडक मानव मुक्त भएको हो । संस्थाका शाखा प्रमुख हिरु जोशीका अनुसार बेवारिसे अवस्थामा हिँडिरहेकालाई उपचार गरेर परिवारमा पुनर्मिलन गराउने कार्य गर्दै आइरहेको बताए । उनका अनुसार अहिलेसम्म २० भन्दा बढीलाई उपचार पछि पुनः स्थापना गरिएको छ । ‘हामीले ल्याएर उपचार गर्छौँ, खाना, वास दिन्छौँ’, उनले भने, ‘सन्चो भएर घर थाहा पाउने भएपछि परिवारको जिम्मा लगाउँछौँ, सोहीअनुसार अहिलेसम्म २०/२२ जनालाई परिवारमा मिलन गरिसकेका छौँ ।’ पुनर्मिलन पछि स्वास्थ्यका बारेमा फलो अप पनि हुने गरेको उनको भनाइ छ ।

अहिले पनि संस्थामा ५१ जनालाई आश्रय दिइरहेको उनले बताए । तीमध्ये केहीलाई छिटो सन्चो हुने र केहीलाई दुई/तीन वर्षसम्म पनि सन्चो नहुने अवस्था आउने गरेकोसमेत प्रमुख अधिकारीले बताए । वडा कार्यालय, प्रहरीलगायतले पनि अहिले त्यस्ता व्यक्तिलाई आश्रममा ल्याइदिने गरेको उनले बताए । उक्त संस्था तुलसीपुरमा गएको वर्ष मङ्सिरमा स्थापना भएको हो ।

अहिले सरकारले १५ प्रतिशतसम्म संस्थालाई सहुलियत दिएको भए पनि बाँकी विभिन्न सहयोगीदातामार्फत नै सहयोग सङ्कलन गरेर सेवा प्रदान गर्ने गरिएको प्रमुख जोशीको भनाइ छ । हाल तुलसीपुर शाखामा दुई जना केयर गिभर, भने एक कुक र दुई स्वयंसेवक कार्यरत रहेका छन् ।

त्यस्तै सामाजिक विकास मन्त्रालयले दुई जना नर्स सहयोग गरेको छ । आश्रमको १६ जिल्लामा २३ शाखा छन् । लुम्बिनी प्रदेशमा दाङ, बुटवल र नेपालगञ्जमा शाखा छन् ।