हतियार खरिदमा मेरो संलग्नता छैन : उपप्रधानमन्त्री खड्का « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

हतियार खरिदमा मेरो संलग्नता छैन : उपप्रधानमन्त्री खड्का


२५ बैशाख २०८०, सोमबार


काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आफू हातहतियार खरिदमा संलग्न नभएको बताएका छन् ।

रक्षामन्त्री खड्काले सोमबार बिहान सामाजिक सञ्जालमार्फत आफूलाई मुछेर विभिन्न सञ्चारमाध्यममा नेपाली सेनाको हतियार खरिदसम्बन्धी समाचार आइरहेको भन्दै आपत्ति जनाएका हुन्।

ट्विटरमा रक्षामन्त्री खड्काले लेखेका छन्, ‘केही दिनदेखि मेरो नामसमेत जोडेर केही सञ्चारमाध्यममा नेपाली सेनाको हतियार खरिद सम्बन्धमा आएका विविध प्रकृतिका समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। म रक्षामन्त्री भएदेखि रक्षा मन्त्रालयबाट हतियार खरिदसम्बन्धी कुनै निर्णय नभएको कुरा सबैमा प्रस्ट पार्न चाहन्छु।’

Tags :
प्रतिक्रिया दिनुहोस