नेपालमा भिभो भी२७ सिरिजको मूल्य सार्वजनिक एवं प्रि-बुकिङ खुला  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपालमा भिभो भी२७ सिरिजको मूल्य सार्वजनिक एवं प्रि-बुकिङ खुला 


२४ बैशाख २०८०, आइतबार


काठमाडौँ । भिभोले आफ्नो फ्ल्यागशिप भी सिरिजअन्तर्गत बहुप्रतिक्षित नयाँ स्मार्टफोन भी२७ सिरिज सार्वजनिक गरेको छ । यी दुवै स्मार्टफोनहरू ८ तारिखदेखि १४ तारिखसम्म (वैशाख २५ देखि ३१ गतेसम्म) प्रि-बुकिङ लागि उपलब्ध हुने जनाइएको छ । 

ग्राहकहरूले रु तीन हजार तिरेर भी२७ फाइभजी वा भी२७ई को प्रि-बुकिङ गर्न सक्ने कम्पनीको भनाई छ । साथै ग्राहकहरूले भी२७ फाइभजी को प्रि-बुकिङमा भिभो टीडब्लुएस एयर र भी२७ई को प्रि-बुकिङमा नोइज कलर फिट ग्राण्ड स्मार्टवाच पाउनेछन् । फोनमा स्लीक डिजाइन, भी २७ फाइभजीमा औरा लाइट पोट्र्रट सिस्टम, ४६०० एमएएच ब्याट्री र ६६ वाट फ्ल्यास चार्ज लगायतका आकर्षक विशेषताहरू छन् ।

भिभो भी२७ सिरिजको बारेमा भिभो नेपालका जनरल म्यानेजर माइकलले भने, “भिभो भी सिरिजको उत्कृष्ट कार्यसम्पादन तथा नवीन विशेषताहरूले गर्दा प्रयोगकर्ताहरू सधैँ यस स्मार्टफोनहरूप्रति  आकर्षित हुँदै आएका छन् । भिभोमा, हाम्रो मूल सिद्धान्त बेन्फेनप्रति हामी प्रतिबद्ध छौँ, जसले निरन्तर अनुसन्धान र सही कामहरू गर्ने हामीलाई अग्रसर गर्दछ । र, भी२७ सिरिज यो अटल प्रतिबद्धताको प्रमाण हो ।

ग्लोइङ पोट्र्रेट सुनिश्चित गर्ने आकर्षक र उत्कृष्ट क्यामेरा 

भी२७ सिरिजका स्मार्टफोनहरूले मोबाइल फोटोग्राफीको संसारमा गेम-परिवर्तकको रूपमा काम गर्नेछ । भी२७ फाइभजीमा औरा लाइट पोर्ट«ेट प्रणाली छ जसले ग्लोइङ पोर्ट«ेटमा एक्सपोजरलाई बढाएर उत्कृष्ट एवं आकर्षक फोटोहरू खिच्न मद्दत गर्दछ । 

भी२७ फाइभजीमा ५०एमपी अल्ट्रा–सेन्सिङ रियर क्यामेरा र ५०एमपी अटोफोकश सेल्फी क्यामेराको साथमा सोनी आइएमएक्स७६६भी सेन्सर रहेको छ । साथै, भी२७ फाइभजीले सफ्ट र एकसमान प्रकाश प्रभाव प्रदान गर्दछ जसले प्रयोगकर्ताहरूलाई रातीको समयमा पनि स्पष्ट, प्राकृतिक र उत्कृष्ट तस्बिरहरू खिच्न मद्दत गर्दछ । त्यस्तै भी२७ई को ६४एमपी ओआईएस अल्ट्रा-सेन्सिङ क्यामेराले स्थिर स्न्यापसटहरू प्रदान गर्दछ र कम प्रकाश अवस्थाहरूमा खिचिएका तस्बिरहरूको गुणस्तर वृद्धि गर्दछ । यसमा भएको ३२एमपी एचडी सेल्फीबाट प्रयोगकर्ताहरूले स्पष्ट तस्बिरहरू खिच्न सक्छन् ।

दमदार स्क्रिन र मोहक डिजाइन

भी२७ फाइभजी भिभोको नेपालको पहिलो १२० हर्ज थ्रीडी कर्भ स्मार्टफोन हो जसले प्रयोगकर्ताहरूको भिजुअल अनुभव वृद्धि गर्दछ । त्यस्तै भी२७ई मा २.५डी स्क्रिन र १२० हर्ज एमोलेड डिस्प्ले रहेको छ जसले स्क्रिनको ब्राइटनेशलाई व्यवस्थित गर्दै जीवन्त रङ्गहरू प्रदान गर्दछ । 

शानदार प्रदर्शन

भी२७ सिरिजमा ४६०० एमएएच ब्याट्री र ६६ वाट फ्ल्यास चार्ज छ र दुवै फोनहरू केवल १९ मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । भी२७ फाइभजीमा मिडिया टेक डाइमेन्सिटी ७२०० प्रोसेसर रहेको छ जुन ४एनएम मेकानिज्ममा सुसज्जित छ । त्यस्तै भी२७ई मा मिडिया टेक हेलियो जी९९ प्रोसेसर रहेको छ जसले सहज रूपमा एपहरूबाट स्विच गर्न र डेटा स्टोर गर्न मद्दत गर्दछ ।

भी२७ फाइभजी दुई आकर्षक रङ्गहरूमा-म्युजिक ब्लु र नोबल ब्ल्याकमा रु ५८,९९९ मा उपलब्ध हुनेछ र भी२७ई दुई उत्कृष्ट रङ्गहरूमा-ल्याभेन्डर पर्पल र ग्लोरी ब्ल्याकमा रु ४१,९९९ मा उपलब्ध हुनेछ । दुवै स्मार्टफोनहरू ८+२५६ जीवी भेरियन्टमा मे १५ अर्थात् जेठ १ गतेबाट देशभरका सबै रिटेल स्टोरहरू र ईकर्मसमा उपलब्ध हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस