समाजलाई सकारात्मकतातर्फ लैजान सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : मन्त्री शर्मा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

समाजलाई सकारात्मकतातर्फ लैजान सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : मन्त्री शर्मा


२४ बैशाख २०८०, आइतबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नागरिकलाई आशावादी बनाउन मिडियाको उल्लेखनीय भूमिका रहको बताएकी छन् ।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । 

सकारात्मक कामहरूलाई व्यवस्थित ढङ्गले जनतासमक्ष पुर्‍याउन सके जनतामा सरकार र राज्यप्रति फैलिरहेको नकारात्मक भावनाको अन्त्य गर्दै आशावादी बनाउने काममा मिडिया क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने उनले बताइन् ।   

उनले नकारात्मक भावनाबाट गुज्रिरहेको समाजलाई सकारात्मकतातर्फ लैजान सञ्चारमाध्यमहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिएको बताएकी हुन् । 

सकारात्मक कामहरूलाई व्यवस्थित ढङ्गले जनतासमक्ष पुर्‍याउन सके जनतामा सरकार र राज्यप्रति फैलिरहेको नकारात्मक भावनाको अन्त्य हुने उनको भनाई छ ।   

Tags :
प्रतिक्रिया दिनुहोस