परराष्ट्र मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

परराष्ट्र मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी


२४ बैशाख २०८०, आइतबार


लन्डन । परराष्ट्र मन्त्री एनपी साउद बेलायतका राज चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी भएका छन् ।

वेस्टमिन्स्टर एबेमा शनिबार आयोजित विशेष समारोहमा मन्त्री साउद सहभागी भएका हुन् । उनी शनिबार साँझ बकिङ्घम प्यालेसमा विदेशी प्रतिनिधिका लागि आयोजना गरिएको स्वागत समारोहमा पनि सहभागी हुने लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

अवसरमा मन्त्री साउदले समारोहमा उपस्थित विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्ने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस