२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच बुँदे घोषणापत्र जारी गर्दै सकियो पोखरा ताल सम्मेलन

अ+ अ-

पोखरा । ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको तीन दिने ताल सम्मेलन प्रतिबद्धतासहितको पाँच बुँदे घोषणा जारी गर्दै सकिएको छ ।

तीन दिनसम्म चलेको सम्मेलनले पोखरा उपत्यकाको नौ तालको दिगो विकाससम्बन्धी जानकारी र दृष्टिकोण साझा गर्दै अनुसन्धानकर्ता, सरकारी नीति निर्माता, ताल व्यवस्थापन समितिका सदस्य र समुदायका सदस्यलाई एकै ठाउँमा ल्याएर कार्य गर्ने उद्देश्यअनुरूपमा विभिन्न विषय विज्ञको प्रस्तुतिबाट प्रतिबद्धतासहितको घोषणापत्र जारी गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत एवम् कार्यक्रमका संयोजक डा। कल्पनादेवी देवकोटाले जानकारी दिए ।

उनका अनुसार सम्मेलनमा अनुसन्धानकर्ता, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि व्यवस्थापक कानुन व्यवसायी, पत्रकार तथा विद्यार्थी, व्यवस्थापन र तालसँग सम्बन्धित नीति र अवस्थाका बारेमा करिब २० वटा प्रस्तुति राखिएको थियो । योसँगै पोखरास्थित विभिन्न पाँच वटा ताल भ्रमणसँगै त्यहाँका ताल प्रबन्धकबाट लक्ष्य चुनौती र सफलताका कथा बुझ्ने प्रयास गरिएको थियो ।

सम्मेलनबाट पहिचान गरी जारी गरिएको घोषणामा पोखरा उपत्यका तालको उच्च प्राकृतिक मूल्य, वनस्पति र जनावरको अधिक संख्या र पारिस्थितिकीय सेवाको महत्त्व, पोखरा उपत्यका अर्थतन्त्र र स्थानीय जनताको जीविकोपार्जनका लागि तालको महत्त्व, विगतका प्रयासको अघिल्लो दशकको तुलनामा तालको पारिस्थितिकीय अवस्थामा ह्रास आएको घोषणापत्रमा उल्लेख छ ।

साथै स्थानीय समुदायको आर्थिक आवश्यकता पूरा गर्दै पारिस्थितिकीय अवस्था कायम राख्न स्थानीय समुदाय, सरकारी अधिकारीहरू र प्राविधिक विज्ञबिच घनिभूत सहकार्य आवश्यकता रहेको तथा यी समूहहरू मध्ये एक पक्षसँग मात्र ताललाई व्यवस्थापन गर्ने स्रोत ज्ञान वा क्षमता नभएको लगायतका विषयमा घोषणापत्रमा उल्लेख छ ।

योसँगै सम्मेलनबाट बुद्धिमतापूर्ण प्रयोगको सिद्धान्तका आधारमा पोखरा उपत्यकामा रहेका तालको संरक्षण गर्ने, तालको पुनः स्थापना र दिगो विकासको लागि स्रोत र ज्ञानहरू आदान–प्रदान गर्न जुटाउने र सम्बद्ध सरोकार बालाबिचको आपसी सहकार्यका आधारमा प्रभावकारीरुपमा कार्यान्वयन गर्दै जाने, पोखरा ताल मञ्चलाई पोखरा उपत्यकामा रहेका तालको संरक्षण र दिगो विकासको लागि आवश्यक ज्ञान, अभ्यास, प्राविधिक विशेषता र आर्थिक स्रोत सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

सम्मेलनमा वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस, पोखरा तथा काठमाडौँ विश्व विद्यालयले पनि समन्वय गरेको थियो । सम्मेलनबाट पोखरा ताल मञ्च सञ्चालनका लागि पूर्ण कुँवरको संयोजकत्वमा मस्यौदा तयारी सात सदस्यीय कार्यदलसमेत बनाएको छ ।

सम्मेलनको समापन समारोहमा वन विज्ञान अध्ययन संस्थानका डिन प्राध्यापक वीरबहादुर खनाल, उद्योग पर्यटन तथा वातावरण मन्त्रालयका गण्डकी प्रदेका सचिव विशाल घिमिरे, ताल प्राधिकरणका उपाध्यक्ष नवराज ओझालगायतले सम्मेलनका सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सम्मेलनको उद्घाटन सत्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राकृतिक सम्पदा ताल तलैयाको संरक्षणसँगै त्यसलाई आयआर्जनको स्रोतको रूपमा विकास गरेर जीविकोपार्जनसँग जोडेर लैजानुपर्ने जोड दिएका थिए ।