कानुन मन्त्री गुरुङद्वारा पदभार ग्रहण « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

कानुन मन्त्री गुरुङद्वारा पदभार ग्रहण


२१ बैशाख २०८०, बिहिबार


काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले पदभार ग्रहण गरेका छन् । 

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै मन्त्रालय पुगेर मन्त्री गुरुङले पदभार ग्रहण गरेका हुन् । 

प्रधानमन्त्रीले बुधबार गुरुङलाई मन्त्रीमा नियुक्त गर्न सिफारिस लगत्तै राष्ट्रपतिले बुधबार नै गुरुङलाई कानुन मन्त्रीमा नियुक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस