चार एआइजी खटिए सीमा क्षेत्रको अनुगमनमा  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चार एआइजी खटिए सीमा क्षेत्रको अनुगमनमा 


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । प्रहरी प्रधान कार्यालयले चार एआइजीलाई अनुगमनमा खटाएको छ । 

सीमा क्षेत्रमा चोरी तस्करी नियन्त्रण नभएको गुनासोपछि स्थलगत रूपमा कारबाहीको अधिकारसहित चार प्रदेशमा चार एआइजीको नेतृत्वमा विशेष अनुगमन टोली खटाइएको हो । 

कोशी प्रदेशमा टेकप्रसाद राई, मधेसमा मीरा चौधरी, लुम्बिनीमा टेकबहादुर तामाङ र सुदूरपश्चिम प्रदेशमा सुदीप गिरीको नेतृत्वमा अनुगमन खटाइएको जनाइएको छ ।  

सीमामा चोरी तस्करी नियन्त्रण नहुँदा राजश्व सङ्कलन प्रभावित भएको गृह मन्त्रालयको गुनासोपछि प्रहरीले सक्रियता बढाएको हो । एक साताको अवधि दिएर प्रधान कार्यालयले एआइजी नेतृत्वको टिमलाई नाकाहरूमा खटाएको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस