बुढानीलकण्ठको कार दुर्घटनामा पृथ्वी मल्ल दोषी ठहर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बुढानीलकण्ठको कार दुर्घटनामा पृथ्वी मल्ल दोषी ठहर


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । उच्च अदालत पाटनले पृथ्वीबहादुर मल्ललाई दोषी ठहर गरेको छ ।

अदालतले साढे तीन वर्षअघि बुढानीलकण्ठमा भएको कार दुर्घटनाको मुद्दामा आरोपित मल्ललाई दोषी ठहर गरेको हो । 

न्यायाधीशहरू राजेन्द्र खरेल र जगदीश घिमिरेको इजलासले लापरबाहीपूर्वक सवारीसाधन चलाएको आरोपमा मल्ललाई दोषी ठहर गरेको हो । उच्च अदालत पाटनले सजाय निर्धारण भने गरेको छैन ।

तीन वर्षभन्दा बढी कैद गर्नुपरे सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यसैले यो मुद्दामा मल्ललाई इजलासले कम्तीमा पनि तीन वर्ष सजाय तोक्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस