अवरुद्ध अरनिको राजमार्ग नियमित सञ्चालन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अवरुद्ध अरनिको राजमार्ग नियमित सञ्चालन


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । काभ्रेको बनेपा नगरपालिका-१३, भैँसेपाटीमा आज मोटरसाइकलले ठक्कर दिएर एकजनाको मृत्यु भएपछि स्थानीयले अवरुद्ध गरेको अरनिको राजमार्ग चार घण्टापछि नियमित भएको छ ।

बनेपाबाट काठमाडौँतर्फ आउँदै गरेको बा ६३ प २७२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बनेपा-१३, भैँसेपाटीका स्थानीय अन्दाजी ६० वर्षीय बालकृष्ण बुढाथोकीको मृत्यु भएको थियो । त्यसपछि आक्रोशित स्थानीयले बिहान ४ बजेदेखि अवरुद्ध गरेको सडक खुलेको हो ।

सडक अवरुद्ध हुँदा प्रहरीले सवारीसाधन बनेपा-नाला-भक्तपुरको बाटोबाट वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालन गरेर सडक खुलाउने प्रयास गरेको थियो । अहिले सडक पूर्ण रूपमा सञ्चालन भएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए ।

मोटरसाइकल चालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस