नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने


१९ बैशाख २०८०, मंगलबार


लुम्बिनी । नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने भएको छ ।

रुपन्देही जिल्लासँग सीमा जोडिएको नेपाल–भारत बेलहिया सहितका सीमा नाका आज बेलुकादेखि बन्द हुने भएका छन् ।

भारतको उत्तर प्रदेश महराजगञ्जमा २१ गते बिहीबार हुने निर्वाचनलाई लक्ष्य गरी नेपाल–भारत सीमा नाका ४८ घण्टा अगाडिदेखि बन्द गर्न लागिएको हो ।

महराजगञ्ज जिल्लाको नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन)लाई दृष्टिगत गर्दै रुपन्देहीको बेलहियासहितको नाका मङ्गलवार साँझ ६ बजेदेखि बन्द गरिने जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुवै देशका सुरक्षा निकायको समन्वय तथा सहमतिमा नाका बन्द गर्न लागिएको हो । चुनावलाई लक्ष्य गरी मतदान समाप्त नभएसम्म बिहीबार बेलुका ६ बजेसम्म सीमा नाका बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।

सीमा बन्द भए पनि अत्यावश्यक कामका लागि आपसी सहमतिमा नाका खुल्ला गर्न सकिने जनाइएको छ ।

पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शव वाहन, दूध, हरियो तरकारी, भारत हुँदै तेस्रो मुलुकबाट आउने पर्यटकबाहेक अन्यको हकमा आवतजावत बन्द रहने उक्त विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस