उपमेयरको गाडीले किचेर १४ महिने शिशुको मृत्यु « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

उपमेयरको गाडीले किचेर १४ महिने शिशुको मृत्यु


१७ बैशाख २०८०, आइतबार


जनकपुरधाम । धनुषा हंशपुर नगरपालिकाकी उपमेयर दुर्गा देवी मण्डल चढ्ने गाडीले किचिएर आफ्नै नातिनी १४ महिने शिशुको मृत्यु भएको छ ।

उपमेयर मण्डल चढ्ने बा १६च९२६ नम्बरको सोमुले किचिएर उनकै नातिनी लक्ष्मी निया कुमारीको मृत्यु भएको हो ।

आइतबार दिउँसो आफ्नै घरमा गाडी पछाडि गर्ने क्रममा शिशुको किचिएर घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले गाडी चालकसहित गाडी नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस