‘भौतिक मन्त्रालयको बजेटमा ५४ अर्ब कटौती’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘भौतिक मन्त्रालयको बजेटमा ५४ अर्ब कटौती’


१७ बैशाख २०८०, आइतबार


Bhautik

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षमा भौतिक मन्त्रालयको बजेट सबैभन्दा धेरै कटौती भएको बताएका छन् ।

आइतबार काठमाडौँमा पेसागत महासङ्घ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षमा मन्त्रालयको बजेट ५४ अर्ब कटौती भएको बताएका हुन् ।

उनले भने, ‘हामी बजेट निर्माणको चटारोमा छौँ । बजेटमा कटौती पनि छ । कटौती भएको कन्फर्टेबल बजेट सिलिङ हुन्थ्यो भने यति धेरै प्रेसर हुँदैन थियो होला । यता ताने उता मिल्दैन, उता ताने यता मिल्दैन । गरिबी जस्तो भएको छ । बिहान खाँदा साँझ नपुग्ने साँझ खाँदा बिहान नपुग्ने जस्तो भएको छ । ओभरल आर्थिक सङ्कट त छँदै छ, राजस्व सङ्कलन कमजोर छ ।’

उनले चालु आर्थिक वर्षमा १६३ अर्ब बजेट रहेको भए पनि आगामी आर्थिक वर्षका लागि ११३ अर्ब बजेटको सिलिङ दिइएको बताए । राजस्व सङ्कलन कम भइरहेको र अर्थतन्त्रका सूचकाङ्कहरू पनि खराब रहेको उनले बताए ।

मन्त्री ज्वालाले मन्त्रालयले आगामी आर्थिक वर्षमा आवश्यक काम गर्न नसक्ने पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस