स्थानीयद्वारा चन्द्रागिरि नगरपालिकाको कार्यालयमा रित्तो गाग्री राखेर प्रदर्शन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्थानीयद्वारा चन्द्रागिरि नगरपालिकाको कार्यालयमा रित्तो गाग्री राखेर प्रदर्शन


१७ बैशाख २०८०, आइतबार


काठमाडौँ । चन्द्रागिरि नगरपालिकाका स्थानीयहरूले पानि नपाएपछि रित्तो गाग्रीसहित नगरपालिकाको कार्यालयमा नै प्रदर्शन गरेका छन् ।

उनीहरूले कार्यालय परिसरदेखि मेयरको कार्यकक्षसम्म रित्ता गाग्रीको लाइन राखेर खानेपानीको व्यवस्थापन गर्न माग गर्दै प्रदर्शन गरेको हुन् ।

पानीको हाहाकार भएपछि स्थानीयहरू रित्तो गाग्रीसहित आइतबार (आज) प्रदर्शनमा उत्रिएका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खड्गीले वडामा खनिएका २ वटा बोरिङबाट पानी नआएपछि समस्या बढेको जानकारी दिए ।

सुख्खा याम लागेसँगै काठमाडौँ उपत्यकामा खानेपानीको अभाव बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस