आज राष्ट्रपति पौडेलको डिस्चार्ज « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

आज राष्ट्रपति पौडेलको डिस्चार्ज


१७ बैशाख २०८०, आइतबार


काठमाडौँ । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुने भएका छन्।

नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले पौडेलको अवस्थामा सुधार आएकाले आइतबार डिस्चार्ज हुन सक्ने जनाएको छ।

नयाँ दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्यमा राम्रो सुधार भएकोले आज डिस्चार्ज हुने सम्भावना रहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ।

पेट र छातीमा समस्या देखिएपछि पौडेललाई उपचारको लागि वैशाख ६ गते दिल्ली लगिएको थियो।

उनको स्वास्थ्य अवस्थामा सुधार भएको र अझै केही हप्ता आराम गर्न चिकित्सकले सुझाव दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस