निरु हत्या प्रकरणमा एक जना पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

निरु हत्या प्रकरणमा एक जना पक्राउ


१७ बैशाख २०८०, आइतबार


काठमाडौँ । निरा पाण्डे आचार्य (निरु) को हत्यामा संलग्न रहेको आशङ्कामा एक जना पक्राउ परेका छन् । कपनको सरस्वतीनगरीस्थित निरु किचनकी सञ्चालक आचार्यको हत्यामा संलग्न विनोद विकलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकरणको अनुसन्धानका लागि गठित छानबिन समितिले झापाबाट विकलाई पक्राउ गरेको समिति उच्च स्रोतले जानकारी दियो ।

एआईजी किरण बज्राचार्यको नेतृत्वमा गठित समितिका एक उच्च अधिकृतले अनुसन्धानले सकारात्मक मोड लिएको बताउँदै थप विवरण केही समयपछि सार्वजनिक गर्ने जनाए ।

७ वैशाखमा पसलमा दिनदहाडै छुरा प्रहार गरेर पाण्डेको हत्या भएको थियो । प्रहरी प्रभाग, कपनको टोली घटनास्थलमा पुग्ने बित्तिकै त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

तर, चिकित्सकहरूले मृत घोषित गरेका थिए । पोस्टमार्टममा संलग्न चिकित्सकहरूका अनुसार निराको शरीरमा कम्तिमा १९ पटक छुरा प्रहार गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस