यथाशीघ्र सङ्घीयता खारेज गर्नु पर्छ : चित्रबहादुर केसी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

यथाशीघ्र सङ्घीयता खारेज गर्नु पर्छ : चित्रबहादुर केसी


१६ बैशाख २०८०, शनिबार


काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले यथाशीघ्र सङ्घीयता खारेज गर्नु पर्ने बताएका छन् ।

एक विज्ञप्ति निकाली अध्यक्ष केसीले झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा भएको आक्रमण जातिवादीहरूले गरेको भन्दै विरोध जनाएका छन् । गत बुधबार झापामा अध्यक्ष ओली सहभागी कार्यक्रममा कोशी नामाकरणको विपक्षमा आन्दोलनरत पक्षले आक्रमण गरेका थिए ।

कोशी प्रदेशको नामाकरणको सन्दर्भमा भइरहेको प्रदर्शनले विखण्डनको अवस्था उत्पन्न गर्ने भन्दै राष्ट्रिय जनमोर्चाले यथाशीघ्र सङ्घीयता खारेज गरी प्रजातान्त्रिक विकेन्द्रीकरण र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक शासन कायम गर्नुपर्ने धारणा राखेको छ ।

केसीले प्रशासनिक एकाइका रूपमा प्रदेश १ को नाम कोशी राख्नु उपयुक्त भएको जिकिर गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस