‘अयोग्य लडाकुलाई रकम दिने विषयमा अनावश्यक हल्ला’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘अयोग्य लडाकुलाई रकम दिने विषयमा अनावश्यक हल्ला’


१६ बैशाख २०८०, शनिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई रकम दिने विषयमा अनावश्यक हल्ला चलाइएको बताएका छन् ।

शनिबार काठमाडौँमा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको १४औँ प्राज्ञ सभा उद्घाटन गर्दै मन्त्री किराँतीले अयोग्य लडाकुलाई रकम दिने निर्णय विष्णु पौडेल अर्थमन्त्री हुँदा भएको भन्दै अहिले यस विषयमा अनावश्यक हल्ला चलाइएको बताएका हुन् ।

उनले अयोग्य लडाकुले मुद्दा लडेर जितेर आएको कुरा भएको र अदालतले गरेको फैसलालाई सरकारले अघि बढाएको जिकिर गरे। उनले केही दिनअघि फ्लाई दुबईको जहाजका विषयमा पनि अनावश्यक हल्ला फैलाइएको उल्लेख गरे।

मन्त्री किरातीले बुद्ध जयन्तीमा बुद्ध सर्किट राष्ट्रका लागि निःशुल्क मन्त्रिपरिषद्मा प्रस्ताव लगेको र केही मन्त्रीहरूले नमानेका कारण आफ्नो प्रस्तावको मृत्यु भएको बताए।

उनले मुलुकको पर्यटनलाई अघि बढाउनका लागि सबै सरोकारवालाबीच हातेमालो गर्दै अघि बढ्नुपर्ने पनि बताए।

Tags :
प्रतिक्रिया दिनुहोस