जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै


१६ बैशाख २०८०, शनिबार


जनकपुरधाम । आदर्श नारी सीताको जन्म भएको दिन आज जनकपुरधाममा जानकी नवमी धुमधामका साथ मनाइँदै छ । त्रेतायुगमा आजकै दिन मिथिलाञ्चलको जनकपुरधाममा जन्म भएको धार्मिक मान्यताअनुसार वैशाख शुक्ल नवमीको दिन आज घरघरमा विशेषरुपमा जानकी नवमी मनाउने कार्य भइरहेको जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दास वैष्णवले जानकारी दिए ।

बिहानैदेखि जानकी मन्दिर, राममन्दिर र जनक मन्दिरलगायतका मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुको भीड लागेको छ । बिहानै दूधमती नदीमा स्नान, १० बजेदेखि मन्दिरमा बधाइगान, १२ बजे प्राकट्य उत्सव, साँझमा जानकी डोला यात्रा, रातिमा तिल्कोत्सव र पुनः बधाई गानको कार्यक्रमसहित जन्मोत्सव मनाइरहेको उनले जानकारी दिए ।

त्रेतायुगमा मिथिला र अवध क्षेत्रको अगाध सम्बन्ध स्थापित गर्न भगवान् राम र माता जानकीको अतुलनीय योगदान रहेको छ । यहाँ हरेक वर्ष, राम नवमी, विवाह पञ्चमी र जानकी नवमी धुमधामका साथ मनाइने गरिन्छ । जानकी नवमीको अवसर पारेर मधेस प्रदेशका विभिन्न जिल्ला तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटक जनकपुर आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस