देशका पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

देशका पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना


१६ बैशाख २०८०, शनिबार


काठमाडौँ । हाल देशमा पश्चिमी वायुको र स्थानीय वायुको प्रभाव रहेको छ।

देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस