कोइरीको विवादपछि स्थगित प्रतिनिधि सभाको बैठक फेरी बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोइरीको विवादपछि स्थगित प्रतिनिधि सभाको बैठक फेरी बस्दै


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । प्रतिनिधि सभाको बैठक ८ बजेका लागि सरेको छ।

साँझ ५ बजेर १० मिनेटमा आधा घण्टाका लागि स्थगित भएको बैठक आजै ८ बजेका लागि तय भएको हो।

संघीय संसद्का महासचिव भरत गौतमले सूचनामार्फत विशेष कारणबस बैठक सरेको जनाएका हुन्।

प्रतिनिधि सभाको आजको बैठकमा नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई निलम्बन गर्नुपर्ने विषयमा विवाद भएको थियो। सत्तापक्षका सांसदहरूले कोइरीले आफू अस्वस्थ भएको भनी पठाएको पत्रलाई सभाले सहमति जनाएको भनी सभामुखले गरेको घोषणा सच्याउन माग गर्दै बैठकमा अवरोध गरेका थिए। अवरोधपछि सभामुखले बैठक स्थगित गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस