रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सफल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सफल


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । गुल्मीको रेसुङ्गा विमानस्थलमा प्राविधिक उडान परीक्षण सफल भएको छ ।

नेपाल वायुसेवा निगमको एअरको नाइनएन एबीटी जहाजले काठमाडौँबाट स्थानीय समय अनुसार बिहान ०६ ४६ मा उडान भरी ७ बजेर ४२ मिनेटमामा रेसुङ्गा विमानस्थलमा अवतरण भएको थियो ।

निगम र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि निगमले परीक्षण उडान गरेको निगमले जनाएको छ । 

२०६३ सालदेखि निर्माणकार्य सुरु गरिएको विमानस्थलको १६ वर्षपछि निर्माणकार्य सम्पन्न भएको हो । कुल ३३ करोड लागतमा निर्माण सम्पन्न भएको विमानस्थलको लम्बाइ पाँच सय २० मिटर र चौडाइ २० मिटर रहेको छ ।

रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ मा धुले परीक्षण उडान गरिएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस