रास्वपा सांसद श्रेष्ठद्वारा राजनीतिक दलका भातृ संगठनविरुद्ध विद्रोहको चेतावनी  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रास्वपा सांसद श्रेष्ठद्वारा राजनीतिक दलका भातृ संगठनविरुद्ध विद्रोहको चेतावनी 


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले राजनीतिक दलका भातृ सङ्गठन विरुद्ध विद्रोहको चेतावनी दिएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा काठमाडौँ-८ बाट निर्वाचित रास्वपा सांसद श्रेष्ठले दलहरूलाई आफ्ना भातृ सङ्गठनलाई विद्यालय क्षेत्रमा गतिविधि नगर्न सुझाउन सुझाव समेत दिए । 

“प्रचलित शिक्षा ऐन र नियमावली विपरीत राजनीतिक दल र भातृ सङ्गठनका गतिविधि गरेको भन्ने कुराको हामीलाई ध्यानाकर्षण ध्यानाकर्षण भएको छ । हामी निर्वाचित भएको क्षेत्रका विद्यालयमा झण्डाहरूसहित कार्यक्रम गरेको गुनासो आएको छ र त्यसलाई रोक्न खोज्दा अभद्र व्यवहार गरेको भन्ने सुन्नमा आएको छ,” श्रेष्ठले भने, “म विद्यार्थीहरूको भविष्यमा खेलवाड गर्न पाइँदैन भनेर सबै राजनीतिक दलहरुलाई निवेदन गर्न चाहन्छु । सँगसँगै माध्यामिक तहमा राजनीतिक दलका गतिविधि नरोकिए त्यहाँ पनि विद्रोह हुने चेतावनी दिन चाहन्छु ।” 

उनले भातृ सङ्गठनहरूलाई मर्यादित गतिविधिका लागि सम्झाउन राजनीतिक दलहरूलाई आग्रह गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस