सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको तयारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको तयारी


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् नवनिर्वाचित सांसद रवि लामिछानेले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका छन् ।

सभापति लामिछानेले शुक्रवार सांसदको शपथ ग्रहण गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

आफूहरूलाई भ्रष्टाचारको अन्त्यका लागि मतदाताले मत दिएको उल्लेख गर्दै त्यो विषय सरकारले न्यूनतम साझा कार्यक्रमबाट हटाएकाले यसमा आफूहरूको आपत्ति रहेको बताए । उनले सरकारलाई दिएको समर्थनको सम्बन्धमा गम्भीर समीक्षा गरेर मात्रै अगाडि बढ्ने स्पष्ट पार ।

आफूहरूले देशमा अस्थिरता नहोस् भन्ने चाहेको भए पनि सरकारलाई दिएको समर्थनबारे फेरि मूल्याङ्कन गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

शुक्रवार सभामुख देवराज घिमिरेले चितवन-२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने र रास्वपाबाटै तनहुँ-१ बाट निर्वाचित डा. स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस