नागरिकहरूलाई स्वस्थ बनाउन भागेश्वरमा बृहत योग शिविर « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नागरिकहरूलाई स्वस्थ बनाउन भागेश्वरमा बृहत योग शिविर


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । डडेल्धुराको भागेश्वर गाउँपालिकाले बृहत योग शिविर सञ्चालन गरेको छ । गाउँपालिका अध्यक्ष हेम राज चटौतको विशेष सक्रियतामा बगरकोटमा सप्ताहव्यापी योग शिविर शुरु गरिएको हो ।

गाउँपालिका भित्रका नागरिकहरूलाई स्वस्थ बनाउने उद्देश्यले योग शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष हेमराज चटौतले बताए । ‘योग र आयुर्वेद अपनाऔँ : स्वास्थ्य र सुखी जीवन बिताऔँ’ भन्ने नाराका साथ सुरु भएको योग शिविरको जेष्ठ नागरिक बगरकोटका पदम सिंह भण्डारीले उद्घाटन गरे ।

अध्यक्ष चटौतले व्यायामलाई अभिन्न अङ्ग बनाउने, हरेक विद्यालयका बालबालिकाहरूलाई दिनमा आधा घण्टा योगमा सरिक गराउने अभियान सञ्चालन गर्न आफूहरू लागेको बताए । योगको महत्त्व दर्साउँदै उनले योगलाई अभियानको रूपमा गाउँ पालिका भित्रका क्रमशः विद्यालयहरूमा योग पुर्‍याउने चटौतको भनाई छ ।

शिविरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले गाउँका नागरिकहरूको जीवन स्वस्थ रहोस् भन्ने उद्देश्यले भागेश्वर गाउँपालिकाले सुरुवात गरेको बृहत योग शिविर अति उत्तम हुने बताए । दिमागलाई पनि स्वस्थ बनाउने वैज्ञानिक विधि योग रहेको भारतीको भनाई छ ।

शिविरमा सहभागी हुनसमेत गाउँपालिकावासी सम्पूर्णलाई आग्रह गरिएको छ । वैशाख १० गते शुरु भएको शिविर १६ गतेसम्म हरेक दिन बिहान ५ : ३० बजेबाट सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस