विपद्को जोखिमै हुन पूर्वतयारीलाई उच्च प्राथमिकता दिनुपर्छ : मन्त्री शर्मा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विपद्को जोखिमै हुन पूर्वतयारीलाई उच्च प्राथमिकता दिनुपर्छ : मन्त्री शर्मा


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका सबै पालिकामा विपद्को जोखिमै हुन नदिन पूर्वतयारीलाई उच्च प्राथमिकता दिन आग्रह गरेकी छन् ।

गृहमन्त्रालद्वारा आज दाङको तुलसीपुरमा आयोजित विपद् पूर्वतयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यास कार्यक्रमको शुभारम्भ गर्दे उनले विपद्को पूर्वतयारी गरेर सम्भावित घटनालाई न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो ।

‘विपद्को पूर्वतयारी कार्यक्रम सबै पालिकाले गर्नुपर्छ’, उनले भनिन्, ‘यसो गर्दा सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ ।’ विगतमा पनि पूर्वतयारी नहुँदा पनि विपद्बाट धेरै जनधनको क्षति हुने गरेको मन्त्री शर्माको भनाइ छ ।

भूकम्प, बाढी पहिरोलगायतका विपद्ले नेपालमा धेरै मानवीय तथा धनजनको क्षति भएको जनाउँदै यसका लागि पूर्वतयारी आवश्यक रहेको मन्त्री शर्माको भनाइ छ । उनले जनप्रतिनिधि, समाजका अगुवाहरूले पूर्वतयारीका कुराहरू सिक्नुपर्ने बताइन् । ‘जनप्रतिनिधि, समाजका अगुवाहरूले विपद् पूर्वतयारीका कुराहरूमा जानकारी भएमा विपद् हुँदा उद्धारमा धेरै सहज हुन्छ’, उनले भनिन्, ‘यसमा ख्याल गर्नुपर्छ, विपद्को पूर्वतयारी नहुँदा उद्धार फितलो हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस