रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदद्वय रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज बिहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् ।

यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस