सुदूरपश्चिम विश्वविद्यालयमा आजदेखि ३ दिने फिल्म फेस्टिभल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुदूरपश्चिम विश्वविद्यालयमा आजदेखि ३ दिने फिल्म फेस्टिभल


१५ बैशाख २०८०, शुक्रबार


कैलाली । आजदेखि सुदूरपश्चिम विश्वविद्यालयमा फिल्म फेस्टिभल हुने भएको छ । नेपाल युरोपियन फिल्म फेस्टिभल, २०२३ को १२औँ संस्करणअन्तर्गत पहिलो चरणको फेस्टिभल सुदूरपश्चिम विश्वविद्यालयमा हुन लागेको हो ।

नेपालस्थित द डेलिगेसन अफ युरोपियन युनियन नेपालले शुक्रबारदेखि तीन दिनसम्म महोत्सव हुन लागेको जानकारी दिएको छ । नेपाल युरोपियनका उपराजदूत डा.जोलीले फिल्म महोत्सवमा युरोपका आठ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघु फिल्म प्रदर्शन गरिने बताए ।

‘महोत्सवमा मानवअधिकार प्रवर्द्धनमा फिल्मको भूमिका चलचित्रलाई कसरी बुझ्ने शीर्षकमा अन्तरक्रियात्मक छलफल हुनेछ’, डा.जोलीले भने, ‘यसको उद्देश्य आम मानिसमा उनीहरूको अधिकारका बारेमा सचेतना अभिवृद्धि गर्ने रहेको छ ।’ उनले महोत्सवमा निःशुल्क सहभागी जोसुकैले हेर्न पाउने बताए ।

सुदूरपश्चिम विश्वविद्यालय कानून सङ्कायका डीन कर्ण थापाले मानवअधिकारसँग चलचित्र भएकाले विश्वविद्यालयले सहकार्य गरेको बताए । ‘विश्वविद्यालयले सहकार्य गरेर यस्ता कार्यक्रम गरिनै राखेको हुन्छ’, उनले भने, ‘हामीले विश्वविद्यालयमा पढाउने कुरा पनि यही नै भएकाले सहकार्य गरेर महोत्सव आयोजना गर्न लागेका हौँ ।

उनले महोत्सवमा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी सहभागी हुने बताए । महोत्सवमा एनी डे नाउ, अरसटी रिहानीले निर्देशन गरेको अस्कर एन्ड लिली (अष्ट्रिया), एण्ड्री लाग्नेले निर्देशन गरेको रमोना (स्पेन), दोनातो रोतुनले निर्देशन गरेको गइयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), जहाभी सन्जभीले निर्देशन गरेको इमादज चाइल्डहुड (स्वीडेन, लाटभिया, इराक)प्रदर्शन हुनेछन् ।

त्यस्तै इग्नस जोसको निर्देशन रहेको इनभिजिवल (लिथुअनिया, लाटभिया, युक्रेन, स्पेन), डेभिड ट्रेनको निर्देशन रहेको डेटिङ अम्बर(आयरल्यान्ड, युके) र डेभिड ट्रेनले निर्देशन गरेको मित्र (नेदरल्यान्डस्) प्रदर्शन हुनेछ भने टोनी ह्यागेन फाउन्डेसनको आर्थिक सहायतामा निर्माण भएका नेपाली फिल्म पनि प्रदर्शन गरिनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस