अब लाइसेन्स छापिएको जानकारी एसएमएसबाटै पाइने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अब लाइसेन्स छापिएको जानकारी एसएमएसबाटै पाइने


१४ बैशाख २०८०, बिहिबार


काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ भएको सम्बन्धी जानकारी एसएमएसमार्फत दिन थालिएको छ । यातायात व्यवस्था विभागले लामो समयदेखि रोकिएको लाइसेन्स छापिएको वा नछापिएको जानकारी लिने सेवा पुनः सञ्चालनमा ल्याएको हो ।

एक सूचना जारी गर्दै विभागले बुधबारदेखि अनलाइन फारम भर्ने वा नवीकरण गर्न सम्बन्धित कार्यालयमा जाँदा अनिवार्य रूपमा आफ्नो मोबाइल नम्बर अद्यावधिक गराउन अनुरोध गरेको छ ।

आफ्नो सवारी चालक अनुमतिपत्र छपाइ भई कार्यालयमा गए/नगएको जानकारी विभागको वेबसाइटबाट समेत प्राप्त गर्न सकिने विभागले बताएको छ ।

‘अपुरो विवरण वा अन्य कुनै प्राविधिक कारणले १ वर्ष भन्दा बढी अवधिको स्मार्ट कार्ड छपाइ हुन बाँकी भए सम्बन्धित सेवाग्राहीले सम्बन्धित यातायात व्यवस्था कार्यालयरसेवा कार्यालयमा बुझी आवश्यक परेमा आफ्नो विवरण अद्यावधिक गराई विभागमा सम्पर्क गर्दा त्यस्ता सेवाग्राहीको सवारी चालक अनुमतिपत्र यथाशीघ्र छपाइ गरी यस विभागको सहायता कक्षबाट उपलब्ध हुने ब्यहोरा समेत अनुरोध छ’ विभागले सूचनामा भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस