डेंगी नियन्त्रणका लागि ‘साढे १० बजे १० मिनेट’ अभियान सञ्चालन गरिने « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

डेंगी नियन्त्रणका लागि ‘साढे १० बजे १० मिनेट’ अभियान सञ्चालन गरिने


१४ बैशाख २०८०, बिहिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगी संक्रमण नियन्त्रणका लागि अभियान सञ्चालनका लागि अनुरोध गरेको छ । मन्त्रालयले आज एक सार्वजनिक सूचनामार्फत ‘हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट’ अभियान सञ्चालन गर्न अनुरोध गरेको हो ।

“डेंगी संक्रमण नियन्त्रणका लागि शुक्रबारदेखि हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट अभियान सञ्चालन गरी सबै सरकारी तथा सार्वजनिक कार्यालयले आफ्ना कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी गराई अनिर्वायरूपमा सरसफाइ अभियान सञ्चालन गर्न अनुरोध छ”, मन्त्रालयले भनेको छ ।

गत वर्षको डेंगी संक्रमण अत्यधिक भएको भन्दै यस वर्ष समयमै सचेतना अपनाउन उक्त अभियान सञ्चालन गर्न सरकारीसँगै निजी, सर्वसाधारण तथा सरोकारवाला सबैलाई अनुरोध गरिएको मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस