संसदमा आफ्नो अनुपस्थितबारे संसद सचिवालयलाई सांसद कोइरीले पठाए पत्र  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

संसदमा आफ्नो अनुपस्थितबारे संसद सचिवालयलाई सांसद कोइरीले पठाए पत्र 


१४ बैशाख २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफू अस्वस्थ भएको भन्दै संसद सचिवालयलाई पत्र लेखेका छन् । लगातार १० वटा बैठकसम्म बिना सूचना अनुपस्थित रहे सभामुखले सांसद पदबाट पदमुक्त गर्न सक्ने व्यवस्था छ । तर महतो १० वटा भन्दा बढी बैठकमा अनुपस्थित भइसकेका छन् ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले कोइरीले बिरामी भएर संसद बैठकमा अनुपस्थित रहेको जानकारी संसद सचिवालयलाई गराएका छन् । उनका अनुसार यसबीचमा कोइरीले दुई पटक पत्र पठाएका छन् । उनले पत्रमा लेखेका छन्, ‘माघ २५ गतेदेखि अस्वस्थ भई उपस्थित हुन नसकेको र सुधार भएपछि उपस्थित हुन्छु ।’

महोत्तरी १ बाट निर्वाचित कोइरी २०७२ सालमा भएको मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याको घटनाका अभियुक्त हुन् । उनी निर्वाचित भएपछि शपथ लिन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन संसद बैठकमा उपस्थित भएका थिए ।

त्यसपछिका धेरै बैठकमा भने उनी उपस्थित भएका छैनन् । 

Tags :
प्रतिक्रिया दिनुहोस