१५ वटा सवारी साधन ट्राफिकको कारबाहीमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१५ वटा सवारी साधन ट्राफिकको कारबाहीमा


१४ बैशाख २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा १५ वटा सवारी साधन कारवाहीमा परेका छन् । मापदण्डभन्दा बढी धुँवा फाल्ने सवारीसाधनलाई कारबाही गरिएको हो । कारबाही गरिएको छ । 

वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तोकिएको भन्दा बढी धुवाँ फाल्ने सवारीसाधनका चालकलाई कारबाही गरेको हो । काठमाडौँको बबरमहलमा गरिएको प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने सात सार्वजनिक बस, पाँच माइक्रोबस, दुई पिकअप भ्यान र ट्रक एकगरी १५ वटा सवारीसाधनका चालक कारबाहीमा परेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार दुवै निकायका संयुक्त रुपमा खटिएको टोलीले २५ वटा सवारीसाधनमा जाँच गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने १५ वटा सवारीसाधन फेला पारी कारबाही गरेको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस